३० आश्विन २०८३, शुक्रबार

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख १७ हजार १००

0
Shares


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार १०० पुगेको हो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य तोलाको दुई हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला २० बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।