३० आश्विन २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय समितिको बैठक आज, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा

0
Shares


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ ।

जेनजीहरुको आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो ।

लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आउनुभएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् ।