३० आश्विन २०८३, शुक्रबार

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

0
Shares


काठमाडौं । नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ ।

सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहनुभएका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो । नेपालको अनररी कन्सलसम्बन्धी नियमावली २०३९ ९४० बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५ वर्षदेखि व्यावसायिक रूपमा कार्य गरिरहनुभएका धरेलले विगत आठ वर्षदेखि कूटनीतिक क्षेत्रमा पनि सक्रिय रही नेपाल(डेनमार्क सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न विभिन्न काम गर्दै आएका छन्।