३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस डा. भुसालले थाले आमरण अनसन

0
Shares


काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै अभियन्ता डाक्टर निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । भुसालले संघीय राजनधानी काठमाडौंको माइतीघरमा मंगलबार रातिदेखि अनसन सुरु गरेका हुन् ।

जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् ।

मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ । सो आन्दोलनमा समेत भुसाल देखिएका थिए ।