३० आश्विन २०८३, शुक्रबार

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

0
Shares


काठमाडौं । बिहीबार केही घटेको सुनचाँदीको मूल्य आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मूल्य तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार पाँच सय ६५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ बिहीबार तोलाको चार हजार चार सय रुपैयाँ थियो ।