३० आश्विन २०८३, शुक्रबार

सबै दल निर्वाचनमा जान तयार छौँ तर निर्वाचनको वातावरण बनेको छैन, सुरक्षाको चुनौति छः देउवा

0
Shares


काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताएका छन्।शनिवार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शिर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन।उनले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताए । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए।

सभापति देउवाले भने , ‘सबै पार्टीहरु चुनावमा जान तयार छन् । काँग्रेस लगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुप¥यो । एमाले पनि तयार छ ।’

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए ।