३० आश्विन २०८३, शुक्रबार

आज एमाले सचिवालय बैठक बस्दै

0
Shares


नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको एक नेताले जानकारी दिए ।

आकांक्षीहरुको नाम संकलन गरेर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारिसकेको बताइएको छ ।

बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुन सक्ने ती नेताको भनाइ छ ।