३० आश्विन २०८३, शुक्रबार

पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन उपस्थित

0
Shares


काठमाडौं । नेपाली काँग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन्। आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो ।

शुरुमा पुस १३ गतेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक सोमवार दिउँसो आयोगमा पुगेका हुन्। गौरीबहादुर कार्की नेतृत्वको यो तीन सदस्यीय आयोगले जेन–जी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लंघन र भएको क्षतिको छानबिन गरिरहेको छ ।

आन्दोलनका बेला लेखक गृहमन्त्री थिए। शान्तिसुरक्षाको जिम्मेवारी उनिमाथि नै थियो । आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी र कर्मचारीहरूको बयान लिइसकेको छ ।