काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प नरहेको बताएका छन्।मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा एकतालाई बलियो बनाउन, शान्ति र समृद्धिको दिशालाई अघि बढाउन नेपाली कम्युनिष्ट पार्टीको विकल्प नभएको बताएका हुन्।उनले नेकपाले नै अब राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्ने पनि बताए। आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश सम्प्रेषण गर्न जरुरी रहेको उनको भनाइ थियो।
उनले भने, ‘नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन। देशमा एकतालाई बलियो बनाउनु छ भने, शान्ति र समृद्धिको दिशालाई अघि बढाउनु छ भने, राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्नुछ भने, समाजमा देखापरेका विसंगतिहरुलाई समाप्त पार्नुछ भने आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश सम्प्रेषण गर्नुछ भने त्यसको निम्ति नेपाली कम्युनिष्ट पार्टीले जुन विचार अघि सारेको छ, सिद्धान्त अघि सारेको छ, कार्यक्रम अघि सारेको छ, समाजवादी क्रान्तिको कार्यक्रम, यो कार्यक्रमलाई आत्मसात गर्नेबाहेक अरु कुनै विकल्प छैन।’
सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमा अनेक राजनीतिक दलहरु एकतावद्ध भइरहेको बताएका छन्।