काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गते सम्म गर्ने प्रस्ताव गरिएको छ ।
सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको जनाइएको छ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि २८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुनः नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ ।