३० आश्विन २०८३, शुक्रबार

नेकपा एमालेले सचिवालय बैठक बस्दै

0
Shares


काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक राखिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

आउँदो माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच तालमेलबारे नेताहरूले छलफल अघि बढाएका छन् ।