३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक सुरु

0
Shares


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बसेको हो ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा बोलाइएको थियो ।

संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको समयमा बोलाइएको आकस्मिक बैठकलाई अर्थपूर्ण मानिएको छ ।