काठमाडौं काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भोलिको कार्यक्रममा ६० प्रतिशत भन्दा धेरै प्रतिनिधि सहभागी हुने दाबी गरेको छ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिला हस्ताक्षर नगरेका तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायतका जिल्लाका प्रतिनिधि पनि खुलेको नेता अजयबाबु शिवाकोटीले बताए।उनले भोलि उद्घाटन हुने विशेष महाधिवेशन ऐतिहासिक हुने दाबी गरे।
उनले भने, ‘५४ र५८ प्रतिशतले हस्ताक्षर गरेर हामीले विशेष महाधिवेशनको माग गरेका थियौँ। भोलिसम्म पुग्दा ६० प्रतिशत सहभागी हुनेछन्।’
महाधिवेशनको उद्घाटन समारोहका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि आमन्त्रण गरिएको उनले बताए। विशेष महाधिवेशनले पार्टी नफुट्न थप एकताबद्ध भएर जाने उनले दाबी गरे।