३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

0
Shares


काठमाडाैं ।  राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पाैडेलले आगामी माघ ४ गते बिहान ११ बजे बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।

बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा आह्वान गरिएको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।