३० आश्विन २०८३, शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी

0
Shares


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो ।

हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो ।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ ।

विवादकै बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए ।

विशेष महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मनोनयनलगायतको काम भइरहेको छ ।