३० आश्विन २०८३, शुक्रबार

सुन र चाँदीको मूल्य हालसम्मै महंगो

0
Shares


काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज एकैदिन सुन तोलामा १५ सयले बढेर हालसम्मकै उच्च भएको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुन २ लाख ७६ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि तोलामा १४५ रुपैयाँले बढेर हालसम्मकै महंगो भएको हो । आज ५ हजार ६६५ रुपैयाँ कायम भएको छ भने हिजो तोलामा ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।