३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन

0
Shares


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

बुधबार राति ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार ५ बजे विरोधको छानबिन पश्चात् पुनस्ः नामावली प्रकाशन गरिनेछ । यस्तै ५ः ३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय छ ।

उनका अनुसार ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । ८ बजेदेखि ९ बजेसम्म मतदान हुनेछ ।