काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवारहरू मिलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । आफू ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक भएको भए पनि अध्यक्षबाटै आफूलाई टिकट नदिने निर्णय गरिसकेपछि किचलो नगर्ने बताएका छन् ।
देशभरका १६५ क्षेत्रमध्ये अझै पनि केही क्षेत्रमा उम्मेदवारहरू मिलाउन सकिन्छ भने मिलाउन उनको आग्रह छ ।उपमहासचिव भट्टराईले उक्त विषय आफ्नो व्यक्तिगत स्वार्थका लागि नभएको पनि बताएका छन् ।