१ कार्तिक २०८३, शनिबार

पूर्व प्रधानमन्त्री देउवा यसपटकको चुनावमा उम्मेदवार नबन्ने

0
Shares


काठमाडौं ।   पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवार नबन्ने भएका छन् । उनका स्वकीय सचिवालयकाले देउवा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।

प्रतिनिधिसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा देउवाले भाग नलिने जानकारी दिएका हुन् ।

देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट उठ्दै र जित्दै आएका थिए । देउवा अहिलेसम्म सात पटक विजयी भइसकेका छन् ।