३० आश्विन २०८३, शुक्रबार

सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता

0
Shares


काठमाडौँ । सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि नेम्वाङले फागुन २१ को निर्वाचनलाई सबै मिलेर भव्यताका साथ सफल पार्नुपर्ने बताए ।

‘सुशासन, विकास र समृद्धिको लागि हाम्रो साझा यात्राले रूपान्तरणको गन्तव्यमा अवश्य नै पुर्‍याउनेछ भन्ने प्रतिबद्धता सहित हामीलाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने अपेक्षा लिएको छु’, नेम्वाङले भने।