३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेसँग १ करोड धरौटी माग

0
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड धरौटी माग गरेको छ ।

उनीसँग अदालतले १ करोड धरौटी माग गरेको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय भएको जनाइएको छ ।

लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।