३० आश्विन २०८३, शुक्रबार

स्थानीयहरु भन्छन्ः मोरङ ३ मा सुनिल शर्माको विकल्प छैन

0
Shares


काठमाडौं । नेपाली काँग्रेसका नेता डा सुनिल शर्माले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि घरदैलो अभियान शुरु गरेका छन्।

मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट उम्मेद्वारी दिनुभएको शर्माले चुनावी प्रचारप्रसारको लागि घरदैलो अभिया शुरु गरेका हुन् । यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट सांसद भएका शर्मा फेरि सांसद बन्ने दौडमा छन् ।

यहाँका जनताको स्वास्थ्य र शिक्षामा शर्माको ठूलो योगदान रहेको यहाँका स्थानियहरु बताउँछन् । निर्वाचन जितेर गएपछि शर्माले यस क्षेत्रको विकासमा ठूलो योगदान दिएको उनीहरुको भनाई छ । डा शर्माले यहाँका स्थानियहरुको निःशुल्क उपचार गर्ने गरेको स्थानीय बताउँछन् । फेरि पनि यस क्षेत्रबाट सुनिल शर्मा नै चुनाव जित्ने उनीहरुको भनाई छ ।

नायिका रेखा थापाकी आमा सरस्वती थापाले डा. शर्माले जति मोरङको क्षेत्र नम्बर ३ मा कसैले विकासको काम गर्न नसकेको बताइन् । यसपटक अरु उम्मेद्वारले नउठेपनि हुन्थ्यो नी जस्तो आफूलाई लागेको पनि उनको भनाई छ ।

मृत्युको मुखमा पुगेका विरामीलाई पनि उपचार गराएर बचाउने गरेको भन्दै उनले यहाँभन्दा ठूलो धर्म अरु केही नहुने बताइन्। उनले निर्वाचनमा अब फेरि पनि डा शर्मालाई नै जिताएर पठाउनुपर्ने बताइन् ।

सुन्दरहरैचा १२ की स्थानीय सीता ढकालले आफू डा शर्माकै मतदाता रहेको र रहिरहने बताउछिन्। आफ्नै काका भानुभक्त ढकाल मन्त्री हुँदा आफूलाई सहयोग नगरेको प्रसंग निकाल्दै उनले डा शर्माले सधैँ समस्या पर्दा सहयोग गर्ने गरेको बताइन्।

देविमाया ढकालले सुनिल शर्माले सबै गरिबहरुको निःशुल्क उपचार गरिदिएको बताइन् । सोही कारण आफूहरुको रोजाई डा शर्मा नै हुने उनको भनाई छ ।

अरुणकुमार पण्डितले नयाँ उम्मेद्वारहरु आएपनि यो क्षेत्रमा डा सुनिल शर्माकै पकड क्षेत्र रहेको बताए। यहाँका विपन्न जनतालाई डा शर्माले निःशुल्क उपचार गराउने गरेकोले पनि शर्माप्रति मान्छेको लगाव रहेको उनको भनाई छ । स्थानीय मनोज सापकोटाले विगतको तुलनामा डा शर्माले जितेर गएपछि धेरै राम्रो काम गरेको देखिएको बर्ताए।

स्थानीयहरु सबै डा। शर्मालाई नै जिताउने पक्षमा रहेको उनीहरुको भनाइ छ ।