१ कार्तिक २०८३, शनिबार

रास्वपा लक्षित थापाको टिप्पणीः ‘चुनाव जित्न मात्रै दायाँबायाँ फर्किएकाहरु एक भएका छन्’

0
Shares


काठमाडौं।नेपाली काँग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रायोजनका लागि मात्रै केही पात्रहरु एक ठाउँमा उभिएको टिप्पणी गरेका छन्।
शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रति लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन। उनले चुनाव जित्नका लागि मात्र विगतमा दायाँबायाँ फर्किएका पात्रहरु एकै ठाउँमा जम्मा भएको आरोप लगाए ।

उनकाअनुसार निर्वाचन जित्नका लागी हिजो दायाँ–बायाँ फर्किएका, काँग्रेस, एमाले वा माओवादी छाडेर आएका व्यक्तिहरू एउटै उद्देश्यका लागि जम्मा हुनु नयाँपन होइन । नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो उनको प्रश्न छ । उनले नयाँ भनिएका दलहरुसँग दृष्टिकोण र प्रतिबद्धता नभएको बताए। सभापति थापाले नयाँ अनुहार हुँदैमा नयाँपन नहुने जिकिर गरे । उनले यसपटक पुरानो पार्टीलाई भोट नदिने र नयाँलाई दिने भन्यो भने ‘पुरानो र नयाँको परिभाषा के हो भनेर प्रश्न गर्नुपर्ने बताए ।

उनले भने , ‘यदी तपाईलाई कसैले यो पटक म पुरानो पार्टीलाई भोट दिन्न, म नयाँलाई दिन्छु भन्छ भने तपाई एकछिन् अडिएर उसलाई एउटा प्रश्न सोध्नुहोस् । पुरानो र नयाँको परिभाषा के हो प्रत्येक कुरा पहिला नयाँ हुन्छ, समयक्रममा त्यो पुरानो हुन्छ । पुराने र नयाँ बीचको भेद के हो तपाईहरु अडिएर त्यहाँ प्रश्न गर्नुपर्छ । यदी नयाँ नै खोजेको हो भने आजको दिनमा फागुन २१ गते चुनावको मैदानमा आउँदै गर्दा नेपालको सबैभन्दा नयाँ पार्टी माघ ६ गते अधिवेशन गरेर गगन थापालाई सभापति बनाएर आएको पार्टी काँग्रेस नेपालको सबैभन्दा नयाँ पार्टी हो । यो भन्दा नयाँ पार्टी कुन चाँही छ अहिले नयाँ भनेको अनुहार नयाँ होइन, यो बदलेर आएको पार्टी हो । पार्टीहरु रातारात जम्मा एउटा प्रयोजनको लागी हिजोसम्म दायाँ र बायाँ फर्किएको मान्छे जम्मा एउटा प्रयोजनको लागी एक ठाउँमा आएको छ, त्यो जम्मा एउटा उद्देश्य छ, चुनाव जित्ने हो । त्यही हो नयाँको परिभाषा रु चुनाव जित्नको लागि हिजो काँग्रेस छाडेर आएको मान्छे भए पनि भयो, एमाले छाडेर आएको मान्छे भए पनि भयो, माओवादी छाडेर आएको मान्छे भएपनि भयो । नयाँको परिभाषा के हो रु नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो रु चुनाव जित्न त माओवादीले पनि जित्यो नी । नयाँ भएर जित्यो । तर त्यो होईन नी, कमिटमेन्ट के हो रु दृष्टिकोण के हो रु यो प्रश्न घर घर लिएर जानुपर्छ । नयाँ खोजेको हो भने काँग्रेस हो । यो पुरानो काँग्रेस होइन, बदलिएको काँग्रेस हो । तपाईहरुले घरघर गएर बताउनुपर्छ यो काँग्रेसले देश समाल्छ, देश समाल्ने शक्ति चाहिएको छ । आगो लगाउन बडो सजिलो हुन्छ, भाद्र २४ गते लाग्यो त एकै दिनमा । के बाँकी छ, खरानी भएको छ । तर बनाउनलाई सुझबुझ भएको शक्ति चाहिन्छ । बनाउनलाई होसमा भएको शक्ति चाहिन्छ । बनाउनलाई समाल्ने शक्ति चाहिन्छ, धैर्यता चाहिन्छ, चेतना चाहिन्छ । यो काँग्रेससंग त्यो उर्जा पनि छ, काँग्रेससँग आँखामा सपना पनि छ । पेटमा भोक पनि छ, आगो पनि छ । ’

कांग्रेससँग देश बनाउने ऊर्जा, सपना र प्रतिबद्धता रहेको र यही सन्देश घरघरमा पु¥याउन उहाँले कार्यकर्तालाई आग्रह गरेका छन्।