३० आश्विन २०८३, शुक्रबार

अझै पनि चुनावको वातावरण तय भइसकेको जस्तो नदेखिएको एमाले अध्यक्ष ओलीको भनाइ

0
Shares


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा पाँचका उम्मेदवार केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण तय भइसकेको जस्तो नदेखिएको बताएका छन् ।

आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग अध्यक्ष ओलीले चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको बताएका हुन् ।

चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताए । चुनावको वातावरणबारे सरकारले नै धेरै कुरा थाहा पाउनुपर्ने उनको भनाइ छ ।

आफू चुनावी अभियानका क्रममा सकेसम्म सबै ठाउँमा पुग्ने अध्यक्ष ओलीको भनाइ छ ।