३० आश्विन २०८३, शुक्रबार

मन्त्री साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैले राखे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

0
Shares


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाह आफैँले राखेका छन्।

बिहिबार मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि सो मन्त्रालय आफैँले राखेका हुन्।

प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैँ हेर्दै आइरहेका छन्।

पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन निर्देशन दिएपछि प्रधानमन्त्री शाहले मन्त्री पदबाट साहलाई फिर्ता बोलाएका थिए।