काठमाडौं । गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनले अन्तिम सास लिइन्।
उनलाई शनिबार साँझ त्यहाँ भर्ना गरिएको थियो।त्यतिबेला उनलाई कार्डियाक अरेस्ट भएको र छातीमा पनि समस्या देखिएको खबर आएको थियो।
पछि उनकी नातिनी जनाई भोसलेले उनलाई केवल थकान र छातीमा समस्या मात्रै रहेको बताएकी थिइन् ।
१२,००० भन्दा बढी गीत आशा भोसलेले आफ्नो करियरमा १२,००० भन्दा बढी गीत गाएकी छिन्। उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि सदाबहार छन्।आशा भोसलेका लागि संगीतको यात्रा त्यति सहज भने थिएन। आशा भोसलेले १४ भन्दा बढी भाषामा गीत गाएकी छन्।