१ कार्तिक २०८३, शनिबार

आज पनि सुनचाँदीको भाउ घट्यो

0
Shares


काठमाडौं । आज पनि सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज एक हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि ११० रुपैयाँले घटेर तोलाको ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।