१ कार्तिक २०८३, शनिबार

पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा

0
Shares


काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्लो समय वीपी कोईरालाका विचारलाई आफू अनुकुल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

आईतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले वीपी कोईरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति काँग्रेसभित्र देखिएको बताएका हुन् । पछिल्लो समय काँग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा वीपी कोईरालालाई सम्झने गरेको टिप्पणी गरे । काँग्रेस ईतरपक्षलाई लक्षित गर्दै उहाँले नेताहरुले आफ्ना राजनीतिक निर्णय आँफै गर्न नसकेर वीपीको नामको सहारा खोजेको आरोप लगाए । सभापति थापाले आफ्नो जीवनभर नभएको निन्दा तीन दिनमा भएको बताए ।पछिल्लो तीन दिन कांग्रेस इतरसमूहले काठमाडौंमा भेला आयोजना गरेको थियो । सो भेलामा अधिकांश नेताले गगन थापाको विरोध गरेका थिए ।

वीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उनले लोकतन्त्र र सामाजिक न्यायप्रतिको वीपीको मूल प्रतिवद्धता कहिल्यै परिवर्तन नभएको बताए । आर्थिक विकासका विषयमा पनि वीपीका विचारलाई एउटै प्रसंगमा सिमित गर्न नहुने उनको भनाइ छ । उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे वीपीले फरक समयमा राखेका धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उनले बताए ।