काठमाडौं ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले रसुवाको भोटेकोशी बाढीपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले यस्तो आग्रह गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनले विपद्पछिको खोजी, उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरिएको बताए । उनकाअनुसार सरकारका प्रतिनिधिहरुले बैठकमा रसुवा बाढीपछिको खोज, उद्धार र राहतको विषयमा ब्रिफिङ गरेका थिए । उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनस्र्थापनाको कामसमेत समानान्तर रुपमा अघि बढाइएको जानकारी बैठकमा गराइएको प्रवक्ता खरेलले बताए । उनले बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा दिएको पनि बताए। उनलेअझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने तथा कानूनी अवरोध भए आवश्यक कानूनी व्यवस्था गरेर परिवारको सहमतिमा सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताए ।
उनले भने, ‘सचिवालय बैठकले धेरै विषयमा गहन छलफल गरेको छ । सबैभन्दा महत्वपूर्ण रुपमा रसुवाको भोटेकोशीमा आएको बाढीपछिको प्रतिकार्यका बारेमा छलफल भएको थियो । बैठकमा विपद्पछिको खोज, उद्धार राहतमा कसरी काम भइरहेको छ रु भनेर सकारका प्रतिनिधिका रुपमा सचिवालय सदस्यबाट ब्रिफिङ भएको छ । उहाँहरुले खोजी, उद्धार तथा राहतको काम प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि जारी रहेको तथा पुनर्निमाण र पुनस्र्थापनाको काम समेत सँगसँगै भइरहेको जानकारी दिनुभएको छ । विपद्पछिको राहत तथा पुनस्र्थापनामा कुनैपनि कसर बाँकी नराख्न पार्टीले आग्रह गरेको छ । पहिचान हुन नसकेका शवहरुको डिएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्यो र पीडित परिवारलाई राहत दिनुपर्यो भन्ने कुरा नै मुख्य रुपमा रहेको छ । आज पनि पाँच हजार नागरिक मिसिङ हुनुभएको छ । उहाँहरुको अवस्था पनि छिटो तय गरेर यसमा कुनै कानूनहरु अवरोध छन् भने कानून बनाएर भएपनि डिक्लेयर गर्ने कुरामा परिवारको सहमतिमा सहजिकरण गर्ने कुरा भएको छ ।’
१० भदौमा आएको रसुवा बाढीपछि स्थगित गरिएका पार्टी गतिविधिहरु समेत आजैदेखि पुनः सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको उनको भनाइ छ।
