आजदेखि लागु हुने गरि पेट्रोलको मूल्य घट्यो : डिजेल, मट्टितेल र हवाई ईन्धनमा भने मूल्यवृद्धि

काठमाडौं । आजदेखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै निगमले पेट्रोलको मूल्य घटाएको हो । तर, डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य भने बढेको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको छ ।
यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE