बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा अर्को पवित्र उद्देश्य छैनः प्रधानमन्त्री

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताएका छन् ।

शुक्रवार भक्तपुरमा आयोजित वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताए ।

नेपाललाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्य भन्दा पवित्र लक्ष्य अर्को हुन नसक्ने उनको भनाइ छ । उ

नले नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन नसक्ने बताए । त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको लक्ष्य राखेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा अघि बढेका छौँ । हामी नेपाललाई समृद्ध बनाउन चाहन्छाँै, आधुनिक बनाउन चाहन्छौँ । विकसित बनाउन चाहन्छौँ । यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा ठूलो र पवित्र उद्देश्य हुन सक्दैन । यो महानतम उद्देश्य हो । यो भन्दा ठूलो अर्को उद्देश्य हुन सक्दैन । नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन सक्दैन । जसलाई गन्तव्य बनाएर हामी अघि बढेका छौँ । त्यस गन्तव्य प्राप्त गर्नका लागि हामीले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको गन्तव्य राखेका छौँ । नेपाल निरोगी जनताको, निरोगी पशुपंक्षीहरुको, वनस्पतिहरुको, निरोगी माछा, चरा, चुरुंगी आदि सबैको निरोगी नेपाल हुनुपर्छ । जहाँ कुनै किसिको विषादी खान नपरोस् ।’

प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x