बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पार्टी भित्रको अन्तरविरोधलाई बाहिर लगेकोमा जनार्दन शर्मासँग प्रचण्डको असन्तुष्टि

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको अन्तरविरोधलाई बाहिर लगेकोमा उपमहासचिव जनार्दन शर्मासँग असन्तुष्टि पोखेका छन् ।

शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा एजेन्डा प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले उपमहासचिव शर्माको पछिल्लो गतिविधिबारे असन्तुष्टी पोखेका हुन् ।

यस्ता गतिविधिले पार्टीको हित नगर्ने बताउदै उनले आन्तरिक विवादलाई आगामी दिनमा बाहिर नलैजान सचेत गराएको जनाइएको छ ।

नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा असार ६ र ७ गते प्रचण्ड र शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो ।

यस्तै फरक प्रसंगमा अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको बताएको जनाइएको छ ।

यस्तै समाजवादी मोर्चालाई थप प्रभावकारी बनाएर लैजाने विषयमा नेताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै उनले मोर्चामार्फत छलफल अगाडि बढाउँदै पार्टी एकता गर्न सकिने बताएको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै बैठकले माओवादी केन्द्रको स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x