माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै, धारणा राख्ने क्रम जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ ।
साउन १६ गतेदेखि सुरु भएको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो । जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
नेतृत्व हस्तान्तरण र कार्यशैलीलाई लिएर अध्यक्ष दाहाल र उपमहासचिव जनार्दन शर्माबीच वाक युद्ध चलिरहँदा माओवादीको स्थायी समिति बैठक बसिरहेको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE