बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बागमती प्रदेशका मुख्यमन्त्री लामाले दिए राजीनामा

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

२०८१ साल साउन ९ गते मुख्यमन्त्रीमा सपथ लिनुभएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आइतबार पदबाट राजीनामा दिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको उनको भनाइ छ ।

मुख्यमन्त्री लामाले राजीनामा अघि साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए ।

उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए ।

यो घटनाक्रमबाट नभाग्ने पनि लामाको भनाई थियो । यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x