प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उनी आइतबार मध्यराति फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गरेका हुन् ।
एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ । नेपाल एलएलडिसी समूहको अध्यक्ष समेत रहेको छ । प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
उनले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता पनि गर्नुहुनेछ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE