बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले गरे शपथग्रहण

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

काठमाडौं । वागमती प्रदेशको छैठौं मुख्यमन्त्री नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ ९२० अनुसार बानियाँलाई मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।

देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बानियाँलाई काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद गरि ६४ जना सांसदको समर्थन छ ।

कुल ११० सदस्य रहेको वागमती प्रदेश सभामा बहुमतको लागि ५६ जना सांसद आवश्यक पर्छ ।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यहरूले मंगलवार दिउँसो २ बजेभित्र मुख्यमन्त्री पदको दाबी पेश गर्न आह्वान गरिएको थियो ।

सोही आह्वान अनुसार बानियाँले हिजो नै दाबी पेश गरेका थिए । निःवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले १८ साउनमा राजिनामा दिए पछि बानियाँले १९ साउनमा मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए ।

आफ्नै पार्टीबाट राजनितीक दबाब बढ्दै गएपछि लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ ९क० अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

बानियाँको नेतृत्वमा ८ जनाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् जसमा नेपाली काँग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुमा शिवराज अधिकारी मन्त्रालय पछि तोकिने र कृष्ण कुमार तामाङ खानेपानी सिंचाई तथा उर्जा मन्त्रालय रहेका छन् ।

त्यसै गरी सत्ता साझेदार नेकपा एमालेको तर्फबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साथै जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसुदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री, डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x