बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

‘संघीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसक्यो, अब जनताले बुझिसके’

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल समसेर जबराले संघीयता र गणतन्त्र पूर्ण रूपमा असफल भइसकेको बताएका छन् । उनले नेपाल झनझन गरिबीको रेखा मुनी गएको र भ्रष्टाचारको दलदलमा दिनप्रतिदिन फस्दै गइरहेको बताए ।

उनले जनता पूर्ण रूपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरूको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताए । उनले असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर भइरहेको बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जबराले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव हुने जिकिर गरे । नेपाली जनताले संघीयता र गणतन्त्र असफल भएको महसुस गरिरहेको भन्दै अहिलेको व्यवस्था परिवर्तन गर्न जनताले सोच बनाइरहेको पनि उनले जिकिर गरे ।

उनले भने, ‘यो गणतन्त्र व्यवस्था, यो संघीयता, पूर्ण रूपले असफल भइसकेको छ । यो राष्ट्र झनझन गरिबीको रेखामुनि, झनझन भ्रष्टाचारको दलदलमा फस्दै गइरहेको छ । जनता पूर्ण रूपमा निराश भइसकेका छन् । नेपालीको भाग्य र भरोसा अर्काको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प छैन । असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर छौँ । अगुवाइ गरिरहेका छौँ । नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव हुन्छ । नेपाली जनताले बिस्तारै संघीयता र गणतन्त्र असफल भएको महसुस गरेकै छ । यसलाई परिवर्तन गर्नुपर्छ भनेर नेपाली जनताले सोच बनाइरहेको छ । अघि बढेको छ ।’

उनले थपे, ‘राज्य तर्सेर, डराएर तीनकुने घटना र जेठको १५ गतेको आन्दोलनपछि हच्केको छ । राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरू लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको छ । यो प्रयास सफल हुँदैन । किनभने नेपाली जनताले देशमा परिवर्तन चाहिन्छ, सयकडौँ राजा भन्दा एउटा राजा, संवैधानिक राजा, नेपाली जनताका छोराछोरीले राजनीति गर्ने, संविधानभित्र रहेर बस्ने राजाको कल्पना नेपाली जनताले गरिरहेको छ । यथार्थमा परिणत हुन्छ, सार्थक हुन्छ । अब चुप लागेर बसिरहने स्थिति छैन, बाटो देखाइरहेका छौँ, सहयोग गरेर अघि बढ्नुस् ।’

उनले बर्खापछि राष्ट्रवादी शक्तिहरू एकसाथ भएर अघि बढ्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x