शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

उत्तरकाशी बाढीपहिरो : १७ जना नेपाली नागरिक बेपत्ता भएको आशंका

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीमा गएको बाढीपहिरोमा परेर १७ जना बढी नेपाली नागरिक बेपत्ता भएको आशंका गरिएको छ ।

यही साउन २० गते उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भीषण बाढीमा परी जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना भन्दा बढी नेपाली हराएको आशंका गरिएको हो ।

गाउँपालिकाले विज्ञप्ति प्रकाशित गरी उक्त वडाका १३ जनासहित अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले बताउँदै बाढीमा हराएको हुनसक्ने आशंका जनाएको हो ।

गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका नेपाली नागरिकहरूको तत्काल खोज तथा उद्धारको लागि सरकार र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।

यस्तै, बाढीपछि बर्दियाका पनि ४ जना सम्पर्कविहीन भएका छन् । उनीहरू बाढीमा बेपत्ता भएको आशंका गरिएको छ ।

तस्वीर स्रोत : सामाजिक सञ्जाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x