आज प्रतिनिधि सभाको बैठक बस्दै,यी मन्त्रीले मौखिक जवाफ दिने कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तरगतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।
बैठक आज दिउसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बन लागेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE