एआईको जमानामा एकै पटक फड्को मार्न नेपालमा दक्ष जनशक्ति छैन : प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विकसित समाजमा एकै पटक फड्को मार्नसक्ने गरी काम गर्न नेपाली जनशक्ति पर्याप्त नरहेको बताएका छन् ।
बुधवार सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल जस्तो धेरै पछि परेको समाजलाई एकै पटक एआईको युगमा फड्को मार्नसक्ने गरी काम गर्ने जनशक्ति नेपालमा नरहेको जिकिर गरे ।
प्रमुख सचेतक पाण्डेले विद्यालयस्तरदेखि विश्वविद्यालयस्तर सम्मको पाठ्यक्रममा सूचना प्रविधिसम्बन्धी कोर्षहरु सञ्चालन गर्न जरुरी देखिएको बताए ।
उनले भने, ‘हाम्रो जस्तो असाध्यै पछाडि परेको समाज छ, त्यसलाई एकै चोटी एआईको असाध्यै विकसित समाजमा फड्को मार्नको लागि त जनशक्तिको आवश्यक पर्दछ । त्यसको लागि जनशक्तिलाई विद्यालयस्तरदेखि विश्वविद्यालयस्तर सम्मको पाठ्यक्रममा त्यसलाई समावेश गर्नुपर्छ । यो समस्याको हल गर्नेगरी विधेयक आउनुपर्ने थियो । त्यो विधेयकमा आएन । यो उच्च प्रविधिको विषयवस्तु आयो । सूचना प्रविधि उच्च प्रविधिको रुपमा आयो । तर हाम्रो निम्न प्रविधि जो हामी लेखेर आफैँ उपस्थित भएर गरेका कागजातको सुरक्षा कसरी गर्दछौँ । यो महत्वपूर्ण छ ।’
प्रमुख सचेतक पाण्डेले नेपाली भाषाको स्तरवृद्धि गर्नमा पनि विधेयकमा ध्यान दिन नसकेको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE