ओम चावाहिल डेण्टल हस्पिटलको ८ औं वार्षिक उत्सवको अवसरमा अशक्त व्यक्तिहरुको लागि व्हिलचियर वितरण
ओम चावाहिल डेण्टल हस्पिटलले आफ्नो ८ औं वार्षिक उत्सवको अवसरमा अशक्त व्यक्तिहरुको लागि व्हिलचियर वितरण गरेको छ ।
लामो समय देखि असहाय, अशक्त तथा विपन्न वर्गको लागि निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन तथा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको ओम चावाहिल डेण्टल हस्पिटलको ८ औं वार्षिक उत्सवको अवसरमा आज अपाङ्गता तथा अशक्त भएका १० जना व्यक्तिहरुलाई व्हिलचियर वितरण गरेको हो । बैशाखभरि नै निशुल्क चेकजाँच र छुटको व्यवस्था गर्दै विपन्न वर्गको लागि निशुल्क उपचारको पनि व्यवस्था गरेको अस्पतालले जनाएको छ । उपचार गर्न नसकेका व्यक्तिहरुको लागि पैसाको अभावले दाँत दुख्न नपरोस भन्ने उदेश्यले गाउँ गाउँ गएर उपचार गर्ने अभियान नै सञ्चालन गरेको अस्पताका सञ्चालक कृष्ण घिमिरेले जानकारी दिए ।
व्हिलचियर पाएका असहाय व्यक्तिहरुले यसले आफुहरुको दैनिकीमा सहज हुने भन्दै खुसि व्यक्त गरेका छन् । सरकारले विपन्न वर्गको निशुल्क स्वास्थ्य उपचार गरिदिए राहत पुग्ने उनिहरुको भनाइ छ ।
कार्यक्रममा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित सांसद सुनिल केसीले ओम चावाहिल डेण्टल हस्पिटसंग जोडिएर आफूले कमाएको केही सेवामा लागाउनुपर्ने बताए । भूकम्प ,कोरोना देखिको उनी लगायत उनको समुहले समाज सेवालाई निरन्तर अगाडि बढाउँदै आएको उनको भनाइ छ । उनले जनताको समस्याहरु आफूले बुझेकोले भाषणले नभई काम गर्ने देखाउने प्रतिवद्धता जनाए ।
साथै वार्षिक उत्सवको अवसर सामाजिक कार्यमा सक्रिय रहदै आएका सांसद केसी लगायत विभिन्न संघ संस्थाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE