बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एमालेलक्षित शेखर कोइरालाको कटाक्ष : ‘जहाँ खाली जग्गा, त्यहाँ एमाले’

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’ भन्दै टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूमि सम्बन्धी विधेयकमा कांग्रेस सांसदहरुले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाए । उनले खालि जग्गामा एमालेको आँखा गइहाल्ने भन्दै कटाक्ष गरे ।

नेता कोइरालाले गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पती, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको बताए । उनले सांसदले नै विचौलियाको काम गरेपछि देश कता पुग्छ ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘अहिले भूमि सम्बन्धी विधेयक छ । एमाले त जहाँ खालि जग्गा देख्छ त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । जहाँ पनि तपाईं हेर्नुस् । यो गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पतीमा एमालेका आँखाहरु हेर्नुस् । लिचीबारी पोखराको हेर्नुस्, गिरीबन्धु टिस्टेट हेर्नुस् । जताततै एमालेको मात्रै सुनिन्छ । संघीय मामिलामन्त्रीले त राजीनामा दिनुभयो । तर भूमि सुधारमन्त्री अहिले पनि जबरजस्ती बसिरहनुभएको छ । जबकी कास्की जिल्लाको एमाले कमिटीले पूरैले भूमि सुधारमन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ । विचौलिया एक जना हुनुहुँदो रहेछ । रेशम चौधरीजीको पार्टीको । सांसद पनि विचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको ? ’

उनले सांसद कोईरालाले सरकार निरंकुशतातर्फ उन्मुख रहेको आरोप समेत लगाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x