बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालको समृद्धिको दिगो आधार नै पर्यटन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपालको समृद्धिको दिगो आधार पर्यटन क्षेत्र रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी रहेको बताए । उनले कुनैपनि मुलुकको विकासका लागि जनताको जीवनस्तर माथि उठाउनुपर्ने जिकिर गरे ।

महासचिव पोखरेलले अभाव र गरिबीको बीचमा रहेर सम्पदा क्षेत्रहरुको आकर्षण वृद्धि गर्न नसकिने धारणा राखे । उनले नेपालमा जनताको स्तर माथि उकास्ने कुरा भनेको कृषिको रुपान्तरण नै रहेको जिकिर गरे ।

महासचिव पोखरेलले नेपालको पर्यटनको केन्द्रबिन्दु कर्णाली प्रदेश हुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x