आइटी दैनिक जनजीवनका लागि अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन-२०२५ लाई भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको बताए । उनले आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको धारणा राखे ।
प्रधानमन्त्री ओलीले आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘आज आइटी, सुशासन, विकासका लागि, मानिसको दैनिक जीवन र दिनचर्याका लागि सबै कुराहरुका लागि यो टेक्नोलोजी, इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको छ । हामी आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ । आज हामी आईटीलाई मुख्य रुपमा आइटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रुपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रुपमा, जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीका रुपमा आइटीको प्रयोग गर्न जरुरी छ । आइटी अनिवार्य आवश्यकता बनेको छ । हाम्रो विकासलाई आइटीले तिब्रता दिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले इन्फरमेसन टेक्नोलोजीलाई मध्यनजर राखेर सरकारले आइटीलाई डिजिटल नेपालको नाराका साथ अघि बढाएको जिकिर गरे ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE