नेपालको जैविक विविधता संकटमा : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पु¥याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पु¥याएको बताए । उनले अहिले नेपालसहित हिन्दुकुश हिमालय देशहरु संकटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केबल वैज्ञानिक प्रतिवेदनमा सीमित नभइ दैनिक जीवनको कठोर यथार्थ बनेको जिकिर गरे । हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसरका रुपमा आफूले सम्मेलनलाई लिएको उनले विश्वास व्यक्त गरे ।
उनले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान पु¥याउनु आजको आवश्यकता भएको जिकिर गरे ।
राष्ट्रपति पौडेलले भने, ‘हामी सबै संकटासन्न अवस्थामा छौँ । यसलाई सबैले मिलेर पार गर्नुछ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केबल वैज्ञानिक प्रतिवेदनमा सिमित नभइ हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेका छन् । त्यसैले आजको यो बैठक हाम्रो साझा र दिगो भविष्यको रोडम्याप तयार गर्ने ऐतिहासिक अवसर हो । यो हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसर हो । जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावको बारेमा मैले विश्व मञ्चमा विश्व समुदायलाई ध्यानाकर्षण गर्दै आएको छु । विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सिमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान पु¥याउनु आजको आवश्यकता हो ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE