उपसभामुख रानालाई महाअभियोग लगाउन सत्तारुढ दलको हस्ताक्षर,कांग्रेस–एमालेको प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय

काठमाडौं । प्रतिनिसभाका उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने विषयमा फेरि चर्चा पाएपछि राजनीति तरङ्गित भएको छ । मंगलबार दिनभर उपसभामुख रानालाई हटाउन सत्तारुढ सासंदहरुको दौडधुप रह्यो । सरकारका मुख्य घटक नेपाली कांग्रेस र नेकपा एमाले रानालाई हटाउने विषयमा तयारी सुरु गरेका हुन् । तर, कांग्रेस र एमालेले उपसभामुख रानालाई पदबाट हटाउने कसरत नभएको दाबी गर्दा प्रतिपक्ष दलले भने कडा बिरोध गर्ने निर्णय गरेका छन् ।। एक रिपोर्ट ।।
सिंहदरबारमा मंगलबार दिनभर सत्तारुढ दलका सांसदहरुको दौडधुप निक्कै चल्यो । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले आ–आफ्नो संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर नै गरे । हस्ताक्षर गर्न बाँकी रहेका सांसदहरुलाई समेत तत्काल काठमाडौं आउन सुचना नै जारी गरियो । खाली पानामा हस्ताक्षर गरिएपनि त्यो हस्ताक्षर उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउने प्रयोजनका लागि हो भनेर चर्चा भइरहेको छ ।
हस्ताक्षर अभियानसँगै सत्तारुढ दलको बैठक पनि बस्यो । जहाँ कांग्रेस र एमाले लोसपा, नागरिक उन्मुक्ति पार्टी समेत सहभागि थिए । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले हस्ताक्षर गराउन सक्ने र कुनैपनि बेला काम लागेको समयमा प्रयोग गर्न सक्ने बताए । उपसभामुखले पदीय आचरण पूरा नगरेको हुनाले उनीमाथि हटाउन प्रस्ताव पेस हुँदैछ भन्नेकुरा सञ्चारमाध्यममा आएको भएपनि त्यो सही नभएको उनको भनाई छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखले पदीय मर्यादा विपरितकेही मानिसहरूलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गर्नुभएको कुरा संसद्मा उठेको भएपनि अहिले सांसदहरूको हस्ताक्षर त्यस प्रयोजनका लागि नभएको बताए.। सत्तारूढ दल उपसभामुखमाथि महाभियोग लगाउने निर्णयमा पुगि नसकेको बताएपनि उनीमाथिको आरोप राफसाफ गर्नुपर्ने उनको भनाई छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक नै बसेर सत्ता गठबन्धन दल अधिनायकवादतर्फ उन्मुख हुँदै गएको निष्कर्ष निकाल्दै उपसभामुखलाई हटाउने खोजे प्रतिवाद गर्ने चेतावनी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताए ।
प्रचण्डले विपक्षी दलको बैठक नै बोलाएर उपसभामुख रानालाई हटाउन खोजिए कडा प्रतिबाद गर्ने निष्कर्ष समेत निकालेका छन् । रास्वपाले रानालाई हटाउन खोजिए जनता सामू एजेण्डा नै लिएर जाने बैठकमा प्रस्ताव गरेको थियो ।
उपसभामुख रानालाई हटाउन लागिएको चर्चा चलेपनि सत्ता पक्ष त्यो मान्न तयार छैन् । तर, अमेरिका भ्रमणमा रहेकी राना कुन प्रयोजनमा गएकी हुन भन्ने खुलेको छैन् । अढाई बर्ष अघि केही ब्यक्तीलाई अमेरिका पठाउने भन्दै रानाले अमेरिकी दुतावासमा लेखेको पत्रले संसदमा समेत हंगामा मच्चिएको थियो । उतिबेला पनि महाअभियोग लगाउने कसरत सत्तारुढ दलले गरेका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE