३० आश्विन २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक दिउँसो एक बजे, यस्तो छ आजको कार्यसूची

0
Shares


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक– २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक– २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।