३० आश्विन २०८३, शुक्रबार

प्रचण्डलाई मिनेन्द्र रिजालले भनेः तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम्म जाने के हो ?

0
Shares


काठमाडौं नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्र्दै राजनीति छोड्दा गल्र्यामगुर्लम्म हुने के छ ? भन्दै प्रश्न गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले नेपालमा कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गल्र्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिनुभएको भन्दै पृथ्वी नै बोकेको जस्तो के छ रु भन्ने प्रश्न गरे।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले छोड्दा सबै गल्र्यामगुर्लुम्म ढल्ने हो की जस्तो लाग्ने गरेको टिप्पणी गरेका थिए। राजनीतिक दलहरुमा पुस्तान्तरण नहुने भन्दै पुस्तान्तरण राजतन्त्रमा मात्रै हुने उनको भनाइ छ ।

उनले भने, ‘नाम लिन जरुरी रहेन । तर नेपालमा कुनै राजनीतिक दलका नेता भन्नहुन्छ मैले छोडिदिएँ भने सबै गल्र्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्नुहुन्छ । छोड्नै नमिल्ने भएको छ । त्यस्तो के जाने हो थाहा छैन । छोड्नै नमिल्ने गरी एकछिन पनि । सारा पृथ्वी बोकिरहेको जस्तो गोलमाल हुने ठाउँमा बस्दा यस्तो अवस्थामा हाम्रो नेताहरु हुनुहुन्छ । त्यस्तो राजनीति बोकेर बसेका छौँ नि त । राजनीतिक दलहरुमा पुस्तान्तरण भन्ने हुँदैन । त्यो राजतन्त्रमा मात्रै हुन्छ । राजनीतिमा पुस्तान्तरण हुँदैन । बाँकी चिज सबै निरपेक्ष हो, जसले सक्छ त्यसले लिएर जाने हो । काँग्रेसमा धुलो, तुवाँलो लागेको र पुछ्ने मात्रै काम भयो भने काँग्रेस काँग्रेस जस्तो देखिन्छ ।’

नेता रिजालले नेपाली काँग्रेसमा धुलो लागेको भन्दै धुलो पुछ्दा काँग्रेस झैँ देखिने टिप्पणी गरे।