बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सहकारी समाजवादको आधारशिलाः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताए । न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने उनको भनाइ छ । सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको उनले बताए ।

सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गरे।

महामन्त्री शर्माले भने,‘सहकारी समाजवादको एउटा आधारशिला हो । सिंगो समाजको हो । आज देशमा सहकारीले न्याय फलानालाई चाहियो भन्नेकुराहरु ल्याएको छ । ३४ हजार बढी सहकारीहरु छन्, त्यसलाई नियमन गर्ने निकाय चाहिन्छ । कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो । न्याय उनीहरुलाई नै चाहिएको छ । सरकारले सीता दर्जीलाई सम्झिरहेको छ की छैन मैले सोध्नुपर्छ । यो देशमा एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन् । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुनेछ ।’

महामन्त्री शर्माले निजी क्षेत्रलाई निरुत्साहित गरेर शिक्षा विधेयक ल्याउन नमिल्ने बताए । संवादको माध्यमबाट समाधान गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । उनले शिक्षा विधेयकलाई परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x