प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेट (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आईतवार सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको हो । दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले अनुभव आदान प्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको छ ।
नेपाल–भियतनाम कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शनिवार नेपाल आएकी हुन ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE